पूर्वाधार वाच, मकवानपुर ।
बागमती प्रदेशको मैजुदा मन्त्रिपरिषद्मा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले एक जनामन्त्री थपेर आज साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
मुख्यमन्त्री जम्मट्टेलले बागमती प्रदेश सभामा हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रराज बज्राचार्यलाई मन्त्रीमा नियुक्त गरेका हुन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्री बज्राचार्यलाई पद तथा गोपनियताको आजै साँझ शपथ गराएका थिए ।
मुख्यमन्त्री जम्मट्टेलले उनलाई संस्कृति, पर्यटन तथा सहकारीमन्त्रीको जिम्मेवारी दिन सिफारिस गरेका छन् । प्रदेश प्रमुख शर्माले उनलाई उक्त जिम्मेवारी सम्हाल्ने गरी तोकेका प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्द्रप्रसाद पौडेलले बताए ।
बागमती प्रदेशको मौजुदा मन्त्रिपरिषद्मा नेपाली कांग्रेसको तर्फबाट समावेश हुनुभएका छ जना मन्त्रीले गत फागुन २३ गते राजीनामा दिनुभई पार्टीको तर्फबाट दिएको समर्थन फिर्ता लिएका कारण वर्तमान मुख्यमन्त्री जम्मट्टेल अल्पमतमा परेका थिए ।
उनले अब केही दिनभित्रै मन्त्रिपरिषद्मा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई समावेश गरी बहुमतको सरकार गठन गर्ने गृहकार्य भइरहेको बताए । मुख्यमन्त्री जम्मट्टेलले यही चैत २३ गतेभित्रै प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्