images
images
images

संसद्को बजेट अधिवेशन आह्वान

images

पूर्वाधार वाच, काठमाडौं ।

संसद्को बजेट अधिवेशन आह्वान गरिएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते दिउँसो २ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संघीय संसद्को हिउँदे तेस्रो अधिवेशन यही वैशाख २ गतेदेखि अन्त्य गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्