पूर्वाधार वाच, काठमाडौं।
प्राइम कमर्सियल बैंक लिमिटेडले दुई नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । गत जेठ २५ गते गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष जय राम महतले गोकर्णेश्वरको हनुमान चोकमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् ।
यसै गरी, बैंकले आइतबार कागेश्वरी मनोहरा नगरपालिका–३ भद्रवासमा पनि एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन वडाध्यक्ष राममणि पुडासैनीले गरे । नयाँ २ एक्सटेन्सन काउन्टरसहित बैंकको शाखा सङ्ख्या १८९ र एक्सटेन्सन काउन्टर सङ्ख्या ५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्