पूर्वाधार वाच, गलकोट ।
बागलुङ बजारसँग दक्षिणी भेग जोड्ने बागलुङ–कुश्मिसेरा सडक खण्ड एक साताका लागि बन्द गरिएको छ । बागलुङ नगरपालिका–१० गलुवाको पहिरो नियन्त्रणका लागि एक साताका लागि बन्द गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।
पहिरो नियन्त्रणका लागि उक्त सडक असार ४ देखि १० गतेसम्मका लागि बन्द गरिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारको रु ५० लाखमा बागलुङ नगरपालिकाले पहिरो रोकथाम गरिरहेको छ ।
सडक बन्द भएको समयमा कालीगण्डकी करिडोरको सडकलाई वैकल्पिक सडकका रुपमा प्रयोग गर्न भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्