पूर्वाधार वाच, काठमाडौं।
गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा डुम्रे-बेंसीसहर सडक अवरुद्ध भएको छ। यस सडक अन्तर्गत बेंसीसहर नगरपालिका- १, दलालमा आज बिहान पहिरो खसेको हो।
पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पानी परिरहेको र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताए।
सडक अवरुद्ध भएपछि लमजुङबाट काठमाडौं, पोखरा, चितवन र भैरहवा लगायत स्थान जानेआउने र बेंसीशहरतर्फको सवारी आवागमन बन्द भएको छ।
बाटामा सयौं यात्री अलपत्र परेका छन्। यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्