images
images
images

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ९९ करोडको बजेट

images

पूर्वाधार वाच, बुटवल ।

बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको छ ।

आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा चालुतर्फ ४८.६५ प्रतिशत र पूँजीगततर्फ ५१.३५ प्रतिशत रहने गरि २ अर्ब ९९ करोड २२ लाख बराबरको आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिदै पर्यटन, कृषि, पशुपंक्षी विकास, मानव संसाधनको विकासका क्षेत्रलाई प्राथमिकता दिदै रकम बिनियोजन गरिएको छ ।

बजेटमा ‘छोरी पढाऔं, समाज बनाऔ’ कार्यक्रम अन्तरगत बुटवल टेक्निकल इन्स्टिच्युटसँगको सहकार्यमा ४० जना छात्राहरुलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने उल्लेख छ ।

यस्तै लुम्बिनी बस टर्मिनलमा विद्युत, शुद्ध खानेपानी, व्यवस्थित खाजाघर, सफा शौचालय र स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित विश्रामस्थल निर्माण गर्न १ करोड बजेट छुट्याइएको छ ।

त्यस्तै बुटवललाई उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्न र आन्तरिक तथा बाह्य पर्यटक आगमनलाई वृद्धि गर्न ‘बुटवल भ्रमण बर्ष’  घोषणा गर्ने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्