images
images
images

हेल्लो सरकारमा प्राप्त ६ हजार १२० उजुरी फर्स्यौट भएनन्, ५ निकायबारे व्यापक जनगुनासो

images

पूर्वाधार वाच, काठमाडौं । 

सरकारले आम नागरिकको गुनासो सुन्न व्यवस्था गरेको हेल्लो सरकार प्रणालीमा आर्थिक वर्ष २०७९/८० मा विभिन्न ५ निकायबारे धेरै गुनासो आएको देखिएको छ ।

उक्त प्रणालीमा २०७९/८० मा ११ हजार ९३२ गुनासो प्राप्त भएकोमा ५ हजार ८१२ (४८.७० प्रतिशत) फर्स्यौटको लागि सम्बन्धित निकायहरूमा पठाएको महालेखा परीक्षकको ६१ औं प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महालेखाको  वार्षिक प्रतिवेदनअनुसार ६ हजार १२० गुनासो अझै फर्स्यौट हुन बाँकी देखिएका छन् ।यस वर्ष विभिन्न ५ वटा सरकारी निकायबारे धेरै जनगुनासो आएको जनाइएको छ ।

जसअनुसार उक्त निकायहरूमा  प्रहरी प्रधान कार्यालय पहिलो नम्बरमा छ । दोस्रोमा नेपाल विद्युत् प्राधिकरण, तेस्रोमा राष्ट्रिय सूचना प्रविधि केन्द्र, चौथोमा त्रिभुवन विश्वविद्यालय र पाँचौ स्थानमा सडक विभाग रहेका छन् ।

यो वर्ष प्राप्त गुनासोमध्ये अधिकांश सेवा प्रवाहसँग सम्बन्धित रहेको देखिन्छ । ‘समयमै गुनासो फर्स्यौट गरी सेवा प्रवाहमा सुधार गर्न सम्बन्धित सार्वजनिक निकायहरू थप जिम्मेवार हुनुपर्ने र सोको प्रभावकारी अनुगमन गर्नुपर्दछ ।’, महालेखाले सुझावमा भनेको छ ।

सरकारी निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्रत्यक्ष रूपमा र सरल तरिकाले गुनासो गर्न सक्ने, प्राप्त गुनासोलाई शीघ्र सम्बोधन गर्न तथा सम्बन्धित निकायबाट हुने सेवा प्रवाहसम्बन्धी सूचनाका सम्बन्धमा नागरिकका जिज्ञासा समाधान गर्न कार्यालयले हेल्लो सरकार नामक प्रणालीको व्यवस्था गरेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्