images
images
images

सालझण्डी–ढोरपाटन सडक अवरुद्ध

images

पूर्वाधार वाच, ढोरपाटन ।

सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन् ।

ढोरपाटन नगरपालिका–९ भुसुण्डेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । निरन्तरको वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

बुर्तिबाङ बजारहुँदै ढोरपाटन पुग्ने सडकको अन्य ठाउँसमेत पहिरो गएको ढोरपाटन नगरपालिकाका कार्यबाहक प्रमुख धनबहादुर कायतले जानकारी दिए । अहिले पनि सो क्षेत्रमा वर्षा भइरहेको छ ।

‘ठाउँ–ठाउँमा पहिरो झरेको छ, सडक खुलाउने प्रयास गरिरहेका छौँ’, उनले भने । बुर्तिबाङ हुँदै ढोरपाटन हिँडेका पर्यटक बोबाङ र सुप्राङ गाउँमा अलपत्र परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्