images
images
images

अछाममा दैवी प्रकोपबारे शेरबहादुर कुँवर चिन्तित, संसदबाट सरकारको ध्यानाकर्षण (भिडियो)

images

पूर्वाधार वाच, काठमाडौं ।

प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवर अछाममा दैवी प्रकोपको प्रभावबारे चिन्तित देखिएका छन् ।  आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद् कुँवरले अछाम बाजुरा सडक पहिरोका अवरुद्ध भएको र जिल्लाका विभिन्न क्षेत्रमा पहिरो गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

साँफेबगर विमानस्थल पनि बाढीको जोखिममा रहेको सांसद् कुँवरले बताए । उनले अविरल वर्षाका कारण देशभर प्रभाव परेको भन्दै अछामलगायतका क्षेत्रलाई राहत तथा उद्धारको लागि सचेत रहन आग्रह समेत गरे ।

पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री समेत रहेका कुँवर अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद् हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्