पूर्वाधार वाच, नुवाकोट ।
नेपाल शान्ति एवं विकास केन्द्रद्वारा सञ्चालित नुवाकोट जिल्लाको पहिलो सामुदायिक रेडियो ‘नुवाकोट एफएम’ ले विद्यालयस्तरका विद्यार्थीलाई शङ्खवाद्य तालिम दिने भएको छ ।
एक सय छ दशमलव आठ मेगाहर्जमा प्रसारण हुने सो प्रसारण केन्द्रले आफ्नो १६औँ साधारणसभाका अवसरमा आगामी साउन ७ देखि १२ गतेसम्म करिब ७० बालबालिकालाई तालिम दिने केन्द्रका सचिव श्रीराम अधिकारीले जानकारी दिए ।
विभिन्न विद्यालयका आठदेखि १५ वर्ष उमेर समूहका विद्यार्थी तालिममा सहभागी हुनेछन् । नुवाकोट एफएमले गत वर्ष मङ्सिर ६ गते हरिबोधिनी एकादशीका अवसरमा बागमती प्रदेशस्तरीय शङ्खवाद्य प्रतियोगिता आयोजना गरेको थियो ।
‘नयाँपुस्तालाई शङ्खको महत्त्व र यसलाई बजाउने तरिकाबारे ज्ञान दिने उद्देश्यले तालिम आयोजना हुन लागेको हो,’ स्टेसन म्यानेजरको पनि जिम्मेवारी सम्हाल्नु भएका अधिकारीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्