पूर्वाधार वाच, काठमाडौं ।
अदालतको आदेशपछि शुरु भएको काठमाडौँको न्यूरोडको फुटपाथ विस्तारको काममा स्थानीयले विरोध गरेका छन् । महानगरपालिकाले फुटपाथ फराकिलो गरिरहेको बेला शुक्रबार बिहानदेखि स्थानीयले विरोध गरेर काममा अवरोध गरेका छन् ।
यसअघि पाटन उच्च अदालतको आदेशपछि महानगरले बुधबार बिहानदेखि फुटपाथ विस्तारको काम अगाडी बढाएको थियो ।
त्यस्तै यसअघि फुटपाथ विस्तारको काममा डिभिजन सडक कार्यालय, काठमाडौंले अवरोध गरेपछि रोकिएको थियो । सडकलाई पैदलयामैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रुपमा हस्तक्षेप गरेको थियो ।
यसपछि काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र पठायो । डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्