images
images
images

घट्यो सुनचाँदीको मूल्य

images

पूर्वाधार वाच, काठमाडौं।

आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलाको १३ सयले घटेर एक लाख ४६ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ५ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ५ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला २० रुपियाँ घटेर तोलाको १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्