पूर्वाधार वाच, काठमाडौं ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका-५, सिङ्लास्थित रेसेमा पहिरोमा परी बेपत्ता भएका अझैसम्म पनि भेटिएका छैनन् ।
शनिवार राति भीषण पहिरामा बेपत्ता भएकाहरुको खोजी सुरु भएको करिब १३ घण्टासम्म पनि बेपत्ता पाँचै जना नभेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको छ भने अहिलेसम्म कोही पनि फेला परिसकेको अवस्था छैन ।
पहिरोले घर गहिरो गरी पुरिएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भएको प्रहरीले बताएको छ । खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी खटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्