पूर्वाधार वाच, काठमाडौं ।
सरकारले त्रिशूली नदीमा हराएका दुई वटा बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग सहयोग माग्ने तयारी गरेको छ । खोजीका लागि औपचारिक रूपमा चीन सरकारसँग आग्रह गर्ने तयारी भइरहेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
यसअघि बेपत्ता यात्रु र बस खोज्न भारतसँग सहयोग मागेर टोली परिचालन गरिएको थियो । तर बस र ३८ जना यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन । भारतीय प्राविधिक टोली फर्किसकेको छ ।
चिनियाँ दूतावाससँग अनौपचारिक कुराकानी भइरहेको र औपचारिक रूपमा पत्र नै पठाउने तयारी गरिएको जनाइएको छ ।
मुग्लिन–नारायणघाट सडकअन्तर्गत चितवनको सिमतालमा गएको असार २८ गते लेदोसहितको पहिरोमा परी दुई वटा बस बगेका थिए । बसमा रहेका ६५ यात्रुमध्ये तीन जना पौडिएर बाहिर निस्किएका थिए । अहिलेसम्म २४ वटा शव फेला परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्