images
images
images

लुकाकुलाई भित्र्याउँदै नापोली

images

पूर्वाधार वाच, काठमाडौं । 

बेल्जियमका फरवार्ड रोमेलु लुकाकु इटालियन क्लब नापोली जाने निश्चित भएको छ । हाल चेल्सीका खेलाडी रहेका लुकाकुले गत सिजनमा इटालियन सिरी ए क्लब एएस रोमाबाट लोनमा खेलेका थिए ।

चेल्सीले लुकाकुलाई आफ्नो प्राथमिकतामा नराख्ने भएपछि उनले नापोलीसँग तीन वर्षको सम्झौता गरेको बताइएको छ । गत सिजनमा रोमाका लागि लुकाकुले ४७ खेल खेल्दै २१ गोल गरेका थिए ।

लुकाकु र नापोलीको व्यवस्थापनबिच सहमति भएको र अब औपचारिक सम्झौताको प्रक्रिया अगाडी बढाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

नापोलीले लुकाकुका लागि चेल्सीलाई ३० मिलियन युरो तिर्न सहमत भएको बताइएको छ । त्यस्तै लुकाकुले नापोलीमा वार्षिक ६ मिलियन युरो पारिश्रमिक लिने गरी सहमति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्