images
images
images

प्राधिकरणबाट निवृत्त ई. प्रबल अधिकारी ऊर्जा विज्ञमा नियुक्त

images

पूर्वाधार वाच, काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ऊर्जा विज्ञमा ई। प्रबल अधिकारी नियुक्त भएका छन् । मन्त्रीपरिषद्को भदौ १३ को बैठकले उनलाई वरिष्ठ ऊर्जा विज्ञमा नियुक्त गरेको हो ।

इलेक्ट्रिक ल इन्जिनियरिङमा स्नातकोत्तर गरेका अधिकारी नेपाल विद्युत् प्राधिकरणबाट उपकार्यकारी निर्देशक पदबाट निवृत्त हुन् ।

नेपालको ऊर्जा क्षेत्रमा तीन दशकदेखि क्रियाशील अधिकारी ऊर्जा व्यापार, अन्तर्देशीय विद्युत् प्रसारण तथा ऊर्जा नीतिका जानकार मानिन्छन् ।

नवनियुक्त ऊर्जा विज्ञ अधिकारीले शुक्रबार मन्त्रालयमा पदभारसमेत ग्रहण गरेका छन् । ऊर्जा सुरक्षाको विषयलाई पनि विशेष प्राथमिकतामा राखेर नीतिगत व्यवस्थापनमा आफूले भूमिका खेल्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्