images
images
images

काठमाडौंका यी स्थानमा ६ घण्टा विद्युत अवरुद्ध हुने

images

पूर्वाधार वाच, काठमाडौं

काठमाडौंको नक्साल सहायक वितरण केन्द्रको ओम फिडर अन्तर्गत पर्ने केही स्थानहरूमा आज ६ घन्टा विद्युत अवरूद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणले ओम फिडरअन्तर्गत पर्ने ओम हस्पिटल उत्तरतर्फ धोवीखोला पुलदेखी एस.आर.क्याटरिङ हुदैं धुम्बाराही मन्दिर तलबाट सुकेधारासम्मका क्षेत्रमा ६ घन्टा विद्युत अवरूद्ध हुने जनाएको छ।

ती क्षेत्रमा पोल सिफ्टिङको कामका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म फिडर सटडाउनमा राख्नुपर्ने प्राधिकरणले जनाएको छ।

निर्धारित समयअगाडि काम सकिए अगाडि नै विद्युत सेवा सुरू हुने प्राधिकरणले जानकारी दिएको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्