पूर्वाधार वाच, धनगढी ।
कैलालीमा आएको बाढीले सशस्त्र प्रहरीको दुई वटा भवन बगाएको छ । धनगढी उपमहानगरपालिका-१९, लल्लीपुरमा रहेको बिओपी भवन मोहना नदीको बाढीले बगाएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार लल्लीपुरमा रहेको बिओपीको नयाँ बनेको तीन वटामध्ये दुई भवनलाई शुक्रबार राति र शनिबार बिहान नदीले कटान गरी बगाएको छ ।
बगेको एउटा भवनमा दुई वटा कोठा र अर्को भवनमा एक हलसहित एक कोठा रहेको थियो ।
सशस्त्र प्रहरी भवन नदीको जोखिममा परेपछि बिओपीलाई त्यहाँस्थित सामुदायिक भवनमा सारिएको छ ।
सीमा क्षेत्रमा शान्तिसुरक्षा कायम र तस्करी नियन्त्रण गर्ने उद्देश्यका साथ कैलालीको विभिन्न स्थानमा सशस्त्रको बिओपी कार्यालय राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्