images
images
images

विराटनगरमा ट्राफिक लाइट जडान शुरू

images

पूर्वाधार वाच, विराटनगर।

ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले विराटनगरका विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडान गर्न शुरू गरेको छ । असोज मसान्तभित्र लाइट जडान गरिसक्ने लक्ष्यसहित काम थालिएको महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिए ।

कोशी प्रदेशको एक मात्र महानगरपालिका हुनुका साथै प्रदेशको राजधानी पनि भएकाले पछिल्लो समय विराटनगरमा ट्राफिक व्यवस्थापनमा चुनौती बढेको छ । बढ्दो जनघनत्व, सवारी चापलगायतले ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको थियो ।

प्रमुख चोकमा ट्राफिक लाइट जडानपछि ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने मेयर कोइरालाले बताए । महानगरको गुरुयोजनामा विराटनगरका विभिन्न सात स्थान समेटिएका छन् ।

तीमध्ये हाल पाँच स्थानमा जडान शुरू गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए । निर्माण कम्पनीले तीव्र रूपमा काम गरिरहेको उनको भनाइ छ ।

महानगरले ७७ लाख रुपैयाँ लागतमा विराटनगरका तीनपैनी, जलजला, कञ्चनबारी, रोडशेष र घाँसचोकमा ट्राफिक लाइट जडान शुरू गरेको छ । हाल खम्बा गाड्ने कार्य भइरहेको छ । ट्राफिक लाइट जडान गर्न ठेक्का पाएको ईथ्री यार्सा जेभी, काठमाडौंले हाल धमाधम कार्य गरिरहेको छ ।

ट्राफिक लाइट जडान आगामी असोज मसान्तसम्ममा सकिने महानगरले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका अनुसार विराटनगर महानगरपालिकाभित्र दैनिक करीब ९५ हजार सवारीसाधनको आवागमन हुने गरेको छ ।

महानगरले ट्राफिक लाइट जडान गरेपछि विराटनगरको ६ स्थानमा ट्राफिक लाइट हुनेछ । ट्राफिक लाइट जडानपछि यसअघि महानगर क्षेत्रमा देखिँदै आएको ट्राफिक समस्या हट्ने उपमेयर शिल्पा निराला कार्कीले बताइन् ।

सीमित ट्राफिक प्रहरीबाट ट्राफिक व्यवस्थापन गर्न कठिन भएको ट्राफिक प्रहरी प्रमुख सुमन न्यौपानेले बताए । अब लाइट जडानपछि थोरै जनशक्ति भए पनि ट्राफिक व्यवस्थापनमा सहज हुने उनको भनाइ छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्