पूर्वाधार वाच, काठमाडौं ।
सुदूरपश्चिम प्रदेशका विभिन्न प्रमुख राजमार्गहरूमा ट्राफिक लाइट र सिसिटिभी जडान गरिने भएको छ । आर्थिक वर्ष २०८१/८२ मा प्रदेशको शान्ति सुरक्षा प्रवर्धन र बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न प्रदेश सरकारले ४ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रदेश आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले जानकारी दिए ।
उनले भने, ‘देशको शान्ति सुरक्षा प्रवर्धन र बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण तथा घटनाको निगरानी एवम् तथ्य प्रमाणमा आधारित अनुसन्धानमा सहयोग पुऱ्याउन प्रदेशभित्रका प्रमुख राजमार्गहरूमा सिसिटिभी क्यामरा तथा ट्राफिक लाइट जडान गर्न रु. ४ करोड ५० लाख बजेट विनियोजन गरिएकाे छ।’
मन्त्री थापाले सडक पूर्वाधारतर्फ सरकारले ५ अर्ब ६८ करोड बजेट छुट्याएको बताए । सडक तथा सडक पुल पूर्वाधारको गत विगतको करारिय दायित्व र प्रदेश सरकारको स्रोत सीमिततालाई मध्यनजर गर्दै प्रदेश गौरव र बहुवर्षीय आयोजनाहरूको निर्माण सम्पन्न गर्नलाई सरकारले प्राथमिकतामा राखेको छ ।
यस्तै प्रदेश गौरव, रणनीतिक महत्त्व र पालिका केन्द्र जोड्ने सडकको निर्माण, सुदृढीकरण तथा स्तरोन्नति कार्यलाई तीव्रताका साथ सञ्चालन गर्न आवश्यक बजेट विनियोजन भएको मन्त्री थापा बताउँछन् ।
सुदूरपश्चिम प्रदेश सरकारले वार्षिक कार्यक्रम परिमार्जनसहित साढे ३१ अर्ब रुपैयाँको बजेट ल्याएको छ । तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा पेश गरेको बजेटलाई परिमार्जन गर्दै गत सोमबार प्रदेशका आर्थिक मामिला मन्त्री थापाले चालु आर्थिक वर्षकाे बजेट पेश गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्