images
images
images

सुस्तावासीलाई एक वर्ष विद्युत निःशुल्क दिने उर्जामन्त्रीको घोषणा

images

पूर्वाधार वाच, सुस्ता ।

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुस्ता गाउँपालिका ५ का बासिन्दाहरुलाई एक वर्षको लागि विद्युतको महशुस नलिने घोषणा गरेका छन् ।

सुस्ता जोड्ने पुल उद्घाटनपछि बोल्दै उनले पुलसँगै विद्युत प्रशारण लाइन पनि पुगेको भन्दै एक वर्षको लागि शुल्क नलिने बताएका हुन् ।

उनले गरिव जनताहरु र मुलुकको श्रोत, साधनबाट वञ्चित रहेका व्यक्तिहरुलाई सरकारले विद्युत उपलब्ध गराउँदै आएको बताए ।

उनले १५ मेगावाट उत्पादन हुने ठाउँमा तीन मेगावाट मात्रै उत्पादन भइरहेकोप्रति पनि आफूहरुको ध्यानाकर्षण भएको बताए । उनले विद्युतको पहुँचसँगै उद्योगधन्दा र रोजगारी वृद्धि हुने अपेक्षा व्यक्त गरे।

उनले भने, ‘गरिव जनताहरु र मुलुकको श्रोत, साधनबाट वञ्चित रहेका व्यक्तिहरुलाई हामीले विद्युत उपलब्ध गराउँदै गर्दा उहाँहरुले के सुविधा थप पाउँछन् त भन्ने आशयका साथ आफ्ना मन्तव्यमा अनुरोध गर्नुभएको छ । म अनुरोधलाई ससम्मान गर्दै यस मन्त्रालयका तर्फबाट एक वर्षका लागि विद्युत निःशुल्क हुने घोषणा गर्न चाहन्छु । १५ मेगावाट उत्पादन हुने ठाउँमा तीन मेगावाट मात्रै उत्पादन भइरहेको छ भन्ने छ । विद्युतको पहुँच पुग्दै गर्दा यहाँ उद्योग धन्दाहरु सञ्चालन हुने, रोजगारीहरु प्राप्त हुने, छिमेकी मुलुक भारत रहेको छ । यहाँ थुप्रै कलकारखाना सञ्चालन हुनसक्ने र सिंचाईका लागि पनि यो विद्युतलाई उपयोग गर्ने महत्वपूर्ण काम हुने बताउनु भयो ।’

मन्त्री खड्काले भारतसँग सीमा जोडिएकाले पनि रोजगारीका अवसरहरु अब उद्योग सञ्चालनसँगै बढ्ने विश्वास व्यक्त गरे । उनले सिंचाईका कामहरुमा पनि विद्युतको प्रयोग बढाउन सकिने उल्लेख गरे । – न्युज एजेन्सी नेपाल

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्