images
images
images

काठमाडौं बाहिर पहिलो ट्रमा सेन्टरको निर्माण सुरु

images

पूर्वाधार वाच, नवलपरासी ।

पश्चिम नवलपरासीको बर्दघाटमा काठमाडौँबाहिर पहिलो ट्रमा सेन्टरको निर्माण सुरु गरिएको छ । बर्दघाट नगरपालिकामा संघीय सरकारको करिब रु १२ करोड लागतमा निर्माण हुने ट्रमा सेन्टरको निर्माण कार्य सुरु भएको हो ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठले ट्रमा सेन्टरको निर्माणले बर्दघाटका स्वास्थ्य क्षेत्रमा नयाँ आयाम ल्याएको बताए । ट्रमा सेन्टर निर्माण पश्चात् जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको छ ।

डेढ वर्षमा सम्पन्न हुने ट्रमा सेन्टर २०८२ साल पुस २३ गतेभित्र सम्पन्न गरिने योजना रहेको छ । बर्दघाट ट्रमा सेन्टरको निर्माण सम्पन्न भएपश्चात यो क्षेत्रका जनताले अत्याधुनिक स्वास्थ्य सेवाको पहुँच प्राप्त गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्