images
images
images

नेपाल एयरलाइन्सले अहिलेसम्म तिर्‍याे ६ अर्ब ३२ करोड ऋण

images

पूर्वाधार वाच, काठमाडौंं।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्सले )हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ ऋण भुक्तानी गरेको जनाएको छ ।

विहिबार एक विज्ञप्ति जारी गर्दै निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई ‘न्यारोबडी’ र दुई ‘वाइडबडी’ विमानका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ ऋण भुक्तानी गरेको जानकारी दिएको हो ।

निगमले दुई न्यारोबडी जहाजको असोज महिनाको किस्ता पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी गत असोज ३० गते मात्र ५३ करोड ९ लाख ५५ हजार २८१ भुक्तानी गरेको जनाएको छ ।

निगमले कोरोनाका कारण निगमको व्यापारमा प्रतिकूल असर परेकाले सो अवधिको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको सङ्ख्या वृद्धि गरी दायित्व भुक्तानीलाई सहजीकरण गरिदिनसमेत कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको र यस विषयमा छलफल भइरहेको जानकारी दिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्