images
images
images

सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान

images

पूर्वाधार वाच, काठमाडौं ।

सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको ३ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार ९ सय पुगेको छ ।

यस अघि सोमबार सुन तोलाको एक लाख ६५ हजार ६ सयमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर २१०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्