images
images
images

ऊर्जा मन्त्रालयमा खड्काका १०० दिनः बंगलादेशलाई बिजुली बेच्नेदेखि तटबन्ध निर्माणसम्म

images

पूर्वाधार वाच, काठमाडौं ।

ऊर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्री दीपक खड्काले १०० दिने प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्री खड्काले बुधबार आफ्नो सय दिने प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

अक्टोवर, २०२४ तदनुसार १७ असोज, २०८१ मा नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसि विद्युत व्यापार निगम बीच नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गर्ने सम्बन्धी त्रिपक्षीय विद्युत विक्री सम्झौतामा हस्ताक्षर सम्पन भएको आफ्नो कार्यकालको महत्वपूर्ण प्रगति भएको उल्लेख गरेका छन् ।

मन्त्री खड्काले आफ्नो कार्यकालमा रसुवा जिल्लास्थित १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, सिन्धुपाल्चोक जिल्ला स्थित १०२ मे.वा.को मध्य भोटेकोशी जलविद्युत आयोजना र रसुवा जिल्ला स्थित ४२.५ मे.वा. क्षमताको सान्जेन जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई संचालनमा ल्याउने कार्य अन्तिम चरणमा रहेको उल्लेख गरेका छन् ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र मार्फत सुस्ता गाउँपालिकामा १०० किलोवाट क्षमताको सौर्य मिनी ग्रिडबाट उत्पादित विध्युत रास्ट्रिय प्रसारण ग्रिडमा जडान गरि करिब ३०० घरधुरीमा विद्युत सेवा संचालन कार्य सम्पन्न भएको बताएका छन् ।

सरकारको १०० दिनको यहि अवधिमा बाढी, पहिरो, डुवान जस्ता राष्ट्रिय विपद्को सामना समेत गर्नुपरेको परिप्रेक्ष्यमा सोबाट प्रभावित विद्युत संरचनाको पुनः निर्माण एवम् मर्मत सम्भार तथा विद्युत सप्लाई सुचारु गर्ने कार्यमा मन्त्रालय र मन्त्रालय अन्तर्गतका सम्पूर्ण निकायहरु एकजुट भई परिणाममुखी पहलकदमी लिईएको पनि उपलब्धीमा गनेका छन् ।

यस्ता छन् ऊर्जामन्त्री खड्काका १०० दिने उपलब्धी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्