पूर्वाधार वाच, काठमाडौं ।
न्यूजिल्याण्डले भारतविरुद्धको टेस्ट सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । न्यूजिल्याण्डले दोस्रो टेस्ट ११३ रनले जितेर सिरिजमा लगातार दोस्रो जित हासिल गर्दै सिरिज जितेको हो ।
योसँगै भारतले १२ बर्षपछि घरेलु मैदानमा टेस्ट सिरिज हारेको छ । यस टेस्टआ न्यूजिल्याण्डले दिएको ३५९ रनको लक्ष्य पछाएको भारत २४५ रन बनाएर अल आउट भएको थियो ।
यसअघि न्यूजिल्याण्डले पहिलो इनिंगमा २५९ रन बनाएको थियो भने भारतले १५६ रन मात्र बनाएको थियो । त्यस्तै न्यूजिल्याण्डले दोस्रो इनिंगमा २५५ रन बनाएको थियो ।
योजितपछि न्यूजिल्याण्डले ३ खेलको टेस्ट सिरिज २-० ले जितेको छ । अब सिरिजको तेस्रो टेस्ट नोभेम्बर १ देखि मुम्बईको वाङखडे स्टेडियममा हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्