पूर्वाधार वाच, काठमाडौं ।
पतन्जली योग समिति बागमती प्रदेशको समन्वयमा काभे्रको धुलिखेल नगरपालिका वडा नं. ३ का ३२ घर परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।
मंगलबार स्थानीय जनप्रतिनिधिहरुको समन्वयमा वडाका विपद् प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको पतन्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका सेवा प्रमुख स्वामी कर्णदेवले जानकारी दिए ।
वडाका अति प्रभावित परिवारलाई खाद्यान्न, भाँडाकुडा र त्रिपाल तथा कम्बल लगायतका राहत सामग्री वितरण गरिएको हो ।
‘हामीले सबै नगरहरु, सिडिओदेखि मन्त्रालयसम्म लिएर वडा तहसम्मका प्रतिनिधिहरुसँग समन्वय गरेर विपद् प्रभावितको सूची बनाएर खाद्यान्न, भाँडाकुडा र त्रिपाल एवं कम्बल वितरण गरिहेका छौं । यसरी नै हामीले विभिन्न क्षेत्रमा गएर विपद् प्रभावितको राहतको लागि काम गरिहेका छौं ।’, सेवा प्रमुख स्वामी कर्णदेवले भने ।
पतन्जली केन्द्रीय कार्यालय भारतबाट स्वामी रामदेवले उक्त सामग्री विपद् प्रभावितको सहयोगका लागि पठाएको पनि उनले जानकारी दिए ।
वडाध्यक्ष गणेश आचार्यले विपद् प्रभावित स्थानीयहरुलाई राहत स्वरुप सहयोग गरेकोमा पतन्जलीका प्रतिनिधिहरुलाई धन्यवाद व्यक्त गरेका थिए । उनले विपद् प्रभावित स्थानीयहरुको सेवामा स्थानीय वडा र पालिकाहरु गम्भीर रुपमा लागेको बताउँदै यसरी सहयोग स्वरुप सामाजिक संघसंस्थाहको साथले आफूहरुलाई हौसला मिलेको समेत बताए ।
उनी भन्छन्, ‘दुःख, अप्ठ्यारोमा पर्दा वडा, कार्यालय, वडा समिति, नगरपालिका, हामी सबै स्थानीयको साथमा छौं । यसरी सामाजिक संघसंस्थाको सहयोगमा स्थानीयलाई थप राहत तथा सहयोगको पनि हामीले पहल गरिहेका छौं ।’
राहत सामग्री ग्रहण गरेपछि स्थानीयहरुले खुशी व्यक्त गरेका छन् । बाढी पहिरोबाट आफूहरुको घर समेत नरहेको अवस्थामा यसरी सहयोगहरु प्राप्त हुँदै गर्दा थोरै भएपनि राहत महसुस गरेको स्थानीयहरुको प्रतिक्रिया थियो ।

पतन्जलीले गत असोज ११ र १२ बागमती प्रदेशमा अविरल वर्षाका कारण बाढी पहिरोबाट प्रभावित भएका काभ्रेका पनौती, नमोबुद्ध, धुलिखेल, रोशी लगायतका सबै प्रभावित क्षेत्रका एक हजार बढी परिवारलाई राहत वितरण गरिसकेको समेत जनाएको छ ।
पतन्जलीले जिल्लाको अति प्रभावित क्षेत्रका बासिन्दाको लागि झण्डै १५ दिन पुग्ने गरी राहत सामग्री सहयोग गरेको थियो ।
हालसम्म नेपालका विभिन्न स्थानहरुको बाढी पहिरो प्रभावित स्थानीयहरुलाई झण्डै एक करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिसकेको समेत पतन्जलीले दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्