पूर्वाधार वाच, अछाम ।
अछामको रिडिकोटमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। लु १ ज ४७११ नम्बरको जीप ब्रेक फेल हुँदा चारजना घाइते भएका हुन्।
बयलपाटाबाट बाजुरा जाँदै गरेको जीप रिडिकोटस्थित मध्यपहाडी लोकमार्गको नालीमा पल्टिदा बाजुराको त्रिवेणी नगरपालिका–६ बस्ने १९ वर्षीया नन्दा बुढा, बुढीगङ्गा नगरपालिका–४ बस्ने २७ वर्षीय राजेन्द्र लुहार र उनका छोरा ६ वर्षीय सक्षम लुहार तथा खप्तड छेडेदह गाउँपालिका–३ का गाडी चालक २३ वर्षीय रोहित रावत घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
घाइतेमध्ये नन्दा बुढाको टाउको र मुखमा गम्भीर चोट लागेको छ भने अन्य सबैको अवस्था सामान्य छ।
घाइतेको अछामस्थित न्याय हेल्थ बयलपाटामा उपचार भइरहेको छ। गाडी चालक प्रहरीको नियन्त्रणमा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्