images
images
images

काठमाडौं-दिल्लीको एकतर्फी भाडा १२ हजारबाट बढेर ४० हजार पुग्यो

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले धावनमार्ग विस्तारको सूचना जारी गरेसँगै हवाई सेवा प्रदायकहरुले नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानको भाडा ५० प्रतिशतसम्म बढाएका छन् ।

नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स–नाटाले मागभन्दा आपूर्ति कम भएपछि हवाई टिकट महँगो भएको जनाएको छ । काठमाडौं-दिल्लीको एकतर्फी भाडा १२ हजारबाट ४० हजार पुर्‍याइएको छ ।

नागरिक उड्यन प्राधिकरणले त्रिभुवन विमानस्थल कात्तिक २३ देखि दैनिक १० घण्टा मर्मत गर्न सूचना जारी गरेसँगै हवाईसेवा प्रदायकले भाडा बढाएका हुन् ।

नागरिक उड्डयन प्राधिकरणले धावनमार्ग विस्तारका लागि कात्तिक २३ देखि चैत १८ सम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द गर्न सूचना जारी गरेको छ । राति १० बजेदेखि बिहान १० बजेसम्म विमानस्थल बन्द हुने छ ।

प्राधिकरणको सूचनासँगै निजी हवाईसेवा प्रदायक कम्पनीहरुले उडान संख्या कटौती हुने भन्दै मूल्य बढाए पनि नेपाल एयरलाईन्सले भने सेवा थप्न सकेको छैन । एउटा वाईडबडी मर्मतका लागि बाहिर रहेको र ३ वटाले मात्र उडान भरेको हुँदा उडान थप्न नसक्ने जानकारी नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्