images
images
images

पोर्चुगलमा नेवार समुदायले मनाए नेपाल संवत् र सामूहिक म्ह: पूजा

images

पूर्वाधार वाच, लिस्वन, पोर्चुगल । 

आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै पोर्चुगलमा रहेका नेवार समुदायले नेपाल संवत् ११४५ सामूहिक म्ह: पूजा मनाएका छन् ।

लिस्वनको आरोइसमा रहेको ग्रिल एण्ड चिल्ड रेष्टुरेन्टमा नेवार संस्कृति अनुसार भएको म्ह: पूजामा नेवार समुदायका एक सय जनाभन्दाको सहभागिता रहेको थियो ।

आफ्नो शरीरलाई आफैँले निरोगिता र रोकिएका काम पूरा होस् भनेर म्ह: पूजा गर्ने चलन रहेको नेवाः खःल, पोर्चुगलका अध्यक्ष राजेशमान जोशीले जानकारी दिए ।
‘आत्मालाई मण्डपमा राखेर विधिपूर्वक पूजा गर्ने नेवारीअनुसार म्ह: पूजा गर्ने चलन रहेको छ। उनले भने, ‘हामीले पनि त्यही प्रचलनलाई प्रवासमा पनि निरन्तरता दिने प्रयास गरेका हौं । हाम्रो कला, भाषा, संस्कृति भनेकै हाम्रो पहिचान हो । यसमा हामीले गर्व गर्नु पर्छ ।’

‘पहिलो पटक गरिएको पूजामा भएको सहभागिताले निकै खुशीलागेको छ’, उनले भने, ‘नेपालीहरू जहाँ भए पनि आफ्नो संस्कृतिलाई भुल्न सक्दैनन् भन्ने यो गतिलो उदाहरण हो ।’

नेवाः खःल, पोर्चुगलले यसभन्दा अघि विस्केटजात्रा पनि मनाएको जानकारी दिँदै आजको यो म्ह: पूजा पनि भव्य हुन गएकोका ग्रिन एण्ड चिल्डका सञ्चालक सुमेश श्रेष्ठले पनि खुशी व्यक्त गरे ।

‘आफ्नो सँस्कृति चलनलाई आत्मसाथ गर्न पाउँदाको खुशी हुँदैन र’, उनले भने, ‘प्रवासमा पनि यसरी आफ्नो संस्कृति अगाल्न पाउँदा निक्कै खुशी लागेको छ ।’एक वर्ष अगाडि स्थापना भएको नेवाः खःल, पोर्चुगलले अब आफ्नो संस्कृतिको जर्गेना गर्नका लागि हमेशा प्रयास गर्ने प्रतिबद्धता पनि कार्यक्रममा व्यक्त गरिएको थियो ।

यस कार्यक्रमलाई सफल बनाउन यस खःलका महासचिव सुजेन श्रेष्ठ, सहसचिव गणेश श्रेष्ठ ‘दिलोन’ का साथै कोषााध्यक्ष अमृत रत्न शाक्यको महत्त्वपूर्ण भूमिका रहेको जानकारी पनि खःलका अध्यक्ष जोशीले दिए ।

यसैगरि पोर्चुगलमा रहेका अन्य विभिन्न नेपाली समुदायले परम्परालाई निरन्तरता दिदैं देउसी भैलो पनि खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्