images
images
images

तनहुँमा आफ्नै श्रीमती हत्या गरेको अभियोगमा पक्राउ

images

पूर्वाधार वाच, तनहुँ ।

आफ्नै श्रीमती ३९ वर्षीया प्रतिक्षा श्रेष्ठको हत्या गरेको अभियोगमा भानु नगरपालिका- ८ गैरीफाँट बस्ने ४२ वर्षीय ओम नारायण श्रेष्ठलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

ओम नारायणले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा प्रतिक्षा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते भएकी प्रतिक्षाको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्