images
images
images

नेपाल–बङ्गलादेशबिच जनस्तरमा सम्बन्ध विस्तार हुनुपर्छ: मन्त्री खड्का

images

पूर्वाधार वाच, काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–बङ्गलादेशबीच जनस्तरमा सम्बन्ध विस्तार हुनुपर्ने बताएका छन् ।

साउथ एसिया विजनेश पार्टनरशीपले आज काठमाडौंमा आयोजना गरेको ‘एशियन बिजनेश पार्टनरसीप समिट तथा अवार्ड वितरण समारोह’ मा उनले पाँच दशक लामो सम्बन्ध रहेको नेपाल र बङ्गलादेशबीच रहीआएको सम्बन्ध जनस्तरमा विस्तार हुनुपर्ने बताए ।

ऊर्जामन्त्री खड्काले नेपाल र बङ्गलादेशबिच भर्खरै ऊर्जा क्षेत्रमा समेत व्यापारिक सम्बन्ध विस्तार गरेको बताए । ‘भर्खरै नेपालबाट ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गरेर ऊर्जा क्षेत्रमा नेपाल भारत र बङ्गलादेशबीच त्रिदेशीय सम्बन्ध विस्तार गरेका छौँ’, मन्त्री खड्काले भने ।

उनले नेपालको स्रोतको अत्यधिक प्रयोग गरेर बङ्गलादेशको ऊर्जा आवश्यकतालाई पूरा गर्न लागिएको भन्दै नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न बङ्गलादेशका व्यवसायीलाई आग्रह समेत गरे ।

बङ्गलादेश कृषि क्षेत्रमा आत्मनिर्भर भई विदेशमा समेत बिक्रीवितरण गर्दै आएको भन्दै मन्त्री खड्काले बङ्गलादेशबाट नेपालले समेत पाठ सिक्न जरुरी रहेको बताए ।

नेपाल र बङ्गलादेशबिच आवतजावतमा भिसाको समस्या रहेको भन्दै उनले उक्त समस्या समाधानमा सरकारले काम गर्ने उल्लेख गरे ।

कार्यक्रममा संसद्का अर्थ समितिका सभापति सन्तोष चालिसेले नेपाल र बङ्गलादेशबीच धार्मिक, सांस्कृतिक, कूटनीतिक सम्बन्ध रहेको भन्दै यसलाई झन प्रगाढ बनाउनुपर्ने बताए ।

उनले दुई देशबिचको व्यापारिक सम्बन्धलाई झन बलियो बनाएर अगाडि बढ्नुपर्ने धारणा राखे । सोही अवसरमा बङ्गलादेशको व्यवसाय तथा शिक्षा क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिलाई अवार्ड प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्