images
images
images

नेपाल युएईसँग १३ रनले पराजित

images

पूर्वाधार वाच, काठमाडौं।

नेपाल जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत युएईसँग पराजित भएको छ । दुबईस्थित द सेभेन स्टेडियममा सम्पन्न खेलमा युएईले नेपाललाई १३ रनले पराजित गरेको हो ।

युएईले दिएको १२३ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ५ विकेट गुमाउदै १०९ रन बनाएको थियो । नेपालका लागि कप्तान पुजा महतोले सर्बाधिक ४८ रन बनाएकी थिइन् ।

यसअघि पहिला ब्याटिंग गर्दै युएईले २० ओभरमा ७ विकेट गुमाउदै १२२ रन बनाएको थियो । योसँगै युएईले लगातार तेस्रो जित हासिल गरेको छ । त्स्टिया नेपालले भने ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।

अब नेपालले आइतबार थाइल्याण्डसँग र युएईले कुवेतसँग खेल्ने तालिका रहेको छ । छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् ।

डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्