पूर्वाधार वाच, काठमाडौं ।
डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुलसम्बन्धी विवाद समाधानका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ ।
उर्जा, जलस्रोत तथा सिँञ्चाइमन्त्री दीपक खड्काले आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सो प्रतिवेदन सार्वजनिक गरेका हुन् । अब सोही प्रतिवेदनका आधारमा प्राधिकरणको बक्यौता रकम उठाइने मन्त्री खड्काले बताए ।
सरकारले २०८०/९/२४ गते गिरिशचन्द्र लालको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो।
आइतवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेसँगै सोमबार ऊर्जा मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो।
पूर्णपाठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्