images
images
images

युवा वैज्ञानिक शिखर सम्मेलन काठमाडौंमा हुँदै, सहभागी हुन के गर्ने ?

images

पूर्वाधार वाच, काठमाडौं । 

आइयूपीएसी अन्तर्गत नेपालको आधिकारिक संस्था नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब माध्यमिक विद्यालयको संयुक्त आयोजनामा युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ को नवौं संस्करण डिसेम्बर २७ र २८ मा काठमाडौंमा हुने भएको छ ।

युनिग्लोब माध्यमिक विद्यालय कमलादीमा हुने सम्मेलनमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत देशभरिका युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरुले विभिन्न ५ विद्यामा आफ्ना अनुसन्धान परियोजना प्रस्तुत गर्नेछन् ।

जसमा जीव विज्ञान, रासायनिक र पर्यावरण विज्ञान, भौतिक विज्ञान, गणित, इन्जिनियरिङ र रोबोटिक्स, कम्प्युटर विज्ञान र कृत्रिम बौद्धिकता, स्वदेशी ज्ञान र स्थानीय प्रविधि जस्ता विषय समावेश रहेका छन् ।

परियोजनाको चयन गर्दा नवीन वैज्ञानिक प्रविधि र प्रयोगलाई आधार बनाइने जनाइएको छ । प्रत्येक विधामा उत्कृष्ट परियोजनालाई ‘युवा वैज्ञानिक’ उपाधिले सम्मानित गरिनुको साथै सिङ्गापुरमा आयोजना हुने १४औं एशिया प्यासिफिक कन्फेरेन्समा सहभागिता जनाउनको लागि आवेदन दिन योग्य मानिनेछ ।

यसबाहेक छानिएका युवा बैज्ञानिकहरुले नेपाल पोलिमर इन्स्टिच्युटको राष्ट्रिय अनुसन्धान समितिको सहयोग र वैज्ञानिक मार्गदर्शनमा वैज्ञानिक समुदायमा आफ्नो क्षमता विस्तार गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुसन्धान र नेटवर्किङमा पहुँच प्राप्त गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्