पूर्वाधार वाच, काठमाडौं ।
आज प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी दुवै बैंकले लाभांश तथा साधारण सभा प्रयोजनको लागि मंसिर ९ गते आइतबार बुक क्लोज गर्नेछ ।
यस बैंकले मंसिर ६ गतेसम्म कायम रहने सेयरधनीहरुलाई मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ५.५० प्रतिशत बोनस सेयर वितरण गर्दैछ ।
उक्त लाभांश प्रस्ताव पारित गर्न यस बैंकले मंसिर २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा–पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
उक्त लाभांश प्रस्ताव पारित गर्न यस बैंकले मंसिर १९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभ आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्