पूर्वाधार वाच, रौतहट ।
रौतहटस्थित विभिन्न पूर्वाग्रह राखेर सर्वसाधारणलाई जुत्ताको माला लगाएर घुमाउने एक जना वडा अध्यक्षसहित ४ जनामाथि मुद्दा दर्ता गरिएको छ ।
जुत्ताको माला लगाएर सर्वसाधारणलाई घुमाउने गढीमाई नगरपालिका ९ का वडा अध्यक्ष हरिश्चन्द्र सहनीसहित ४ जनामाथि ईलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता गरिएको हो ।
गरूडा नगरपालिका ३ मलाही बस्ने परीक्षण सहनीले माधवनारायण नगरपालिका ७ लौकाहा घर भई हाल मलाहि बस्ने श्रीराम सहनीको छोरा वर्ष १८ को राजु सहनीलाई मोटरसाइकलमा बसाई गत मंगलवार गरूडा बजारबाट घर तर्फ जाँदै गरेको थियो ।
सोही क्रममा समयमा चाँदीपुल नजिक सडक खण्डमा गढीमाई वडा अध्यक्ष सहनी सहित नगरपालिका ९ बस्ने सोनेलाल सहनी, सनम सहनी र शैलेन्द्र सहनीले मोटरसाइकल रोकी विभिन्न किसिमको गाली गलौज गर्दै कुटपिट गरी परीक्षण सहनी र राजु सहनीको घाँटीमा जुत्ताको माला लगाई अपमानजनक तथा अमानवीय व्यवहार गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन्।
उक्त घटनामा संलग्न वडा अध्यक्ष सहनी फरार भएको तथा अन्य तीन जना व्यक्तिहरूलाई सोही दिन पक्राउ गरिएको थियो।
वडा अध्यक्ष सहित चारै जना माथि माथि अपमानजनक तथा अमानवीय व्यवहार कसूरमा मुद्दा दायर गरी रौतहट जिल्ला अदालतबाट म्याद थप लिई थप गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन् ।
पक्राउ तीनै जना ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको, फरार वडा अध्यक्ष सहनीको खोजी भइरहेको तथा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्