images
images
images

राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता

images

पूर्वाधार वाच, काठमाडौं । 

राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन् ।

कम्बोडिया जान लागेका सभामुख घिमिरेले शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर पौडेललाई भेटे गरेका हुन् ।

सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई कम्बोडिया भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरे कम्बोडियाको राजधानी नोमपेन्हमा इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस ९आईपीटीपी० को मङ्सिर ८ देखि ११ गतेसम्ममा हुने ११औँ प्लेनरी सेसनमा भाग लिन जान लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्