images
images
images

एनएमबि बैंकको संस्थापक शेयर लिलामी खुल्यो

images

पूर्वाधार वाच, काठमाडौं ।

एनएमबि बैंकले आईतबारदेखि आफ्नो संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले १ लाख ८० हजार २८८ कित्ता संस्थापक शेयर खुला गरेको हो ।

यसमा बैंकका विद्यमान संस्थापक शेयर धनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् ।

संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम भाउ ११० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । आवेदकले एनएमबि क्यापिटल, बालुवाटार काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।

यसमा मंसिर २३ गतेसम्म आवेदन दिन सकिनेछ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्