images
images
images

रामेछाप दुर्घटनामा ज्यान गुमाउने ४ जनाको सनाखत, एकको परिचय खुल्न बाँकी

images

पूर्वाधार वाच, काठमाडौं ।

रामेछापको गोकुलगंगा गाउँपालिका–६ स्थित सिम्लेभिरमा भएको जिप दुर्घटनामा ज्यान गुमाउने चार जनाको सनाखत भएको छ।

काठमाडौंबाट रस्नालुतर्फ जाँदै गरेको ना.१ ज ७१२३ नम्बरको फोर्स जिप दुर्घटनामा ज्यान गुमाउनेमा गोकुलगंगा गाउँपालिका–४ का अध्यक्ष रामचन्द्र बस्नेत, रामेछाप घर भएकी कविता कार्की खड्का, स्वस्तिका खड्का र चालक ३५ वर्षीय हिरा बहादुर कार्की छन्।

कविता र स्वस्तिका आमा छोरी हुन्। एक महिलाको पहिचान अझैँ खुल्न सकेको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्