images
images
images

वर्ल्डलिंक कम्युनिकेसन्समा फिनफन्डले १ अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने

images

पूर्वाधार वाच, काठमाडौं ।

वर्ल्डलिंक कम्युनिकेसन्समा फिनल्यान्ड सरकारको लगानी रहेको फिनफन्डले १ करोड युरो अर्थात् १ अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा वर्ल्डलिंक कम्युनिकेसन्सका अध्यक्ष दिलिप अग्रवाल र फिल्यान्डका वरिष्ठ लगानी प्रबन्धक किल्पेलेईनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

फिनफन्डले लगानी गरेको रकम वर्ल्डलिंकले फाइबर नेटवर्क विस्तार र डाटा सेन्टर निर्माणमा प्रयोग गर्ने जनाएको छ ।

जसले ग्रामीण क्षेत्रमा इन्टरनेटको सेवा विस्तारसँगै गुणस्तरीय इन्टरनेट पुग्ने वर्ल्डलिंकले जनाएको छ । नेपालमा ९८ प्रतिशत जनसंख्याले इन्टरनेटको प्रयोग गर्ने भए पनि आधाभन्दा बढी जनसंख्या ब्रोडव्यान्ड इन्टरनेट सेवाभन्दा बाहिर छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्