पूर्वाधार वाच, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । भोलिदेखि सुरू हुन लागेको चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार साँझ ५ बजे बस्नेगरी बैठक बोलाएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्नेछ ।
बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका बारेमा छलफल हुनेछ । चीनसँग हुन गइरहेको बीआरआई सम्झौताका बारेमा पनि छलफल हुने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्