images
images
images

उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न, ६२ प्रतिशत मत खस्याे

images

पूर्वाधार वाच, काठमाडौं ।

स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ।
नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्षसमेत गरेर ४१ स्थानमा आज भएको उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ।

आयोगले तोकेको समय सीमा सकिएको र देशभरका उपनिर्वाचन भएका स्थानमा मतपेटीका संकलनलगायतको काम भइरहेको जनाएको छ। मत पेटिका संकलनपछि मतगणनाको काम सुरु हुने आयोगले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्