images
images
images

मन्त्रिपरिषद् बैठकमा बीआरआइबारे छलफल जारी

images

पूर्वाधार वाच, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक जारी रहेको छ । भोली देखी सुरू हुन लागेको चीन भ्रमणको पुर्व सन्ध्यामा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार साँझ ५ बजे बस्नेगरी बैठक बोलाएका थिए ।बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसिरहेको छ ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका बारेमा छलफल हुनेछ ।
चीनसँग हुन गइरहेको बिआरआइ सम्झौताका बारेमा पनि छलफल हुने बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्