images
images
images

नसर्ने रोग नियन्त्रणका लागि प्रत्येक वर्ष एकमहिने परीक्षण अभियान सञ्चालन गरिने

images

पूर्वाधार वाच, काठमाडौं।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोग नियन्त्रणका लागि एकमहिने परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् ।

मधुमेह, उच्च रक्तचाप तथा मिर्गौलासम्बन्धी रोगबाट पीडित बिरामी बढिरहेको भन्दै समयमै पहिचान र उपचारमार्फत बिरामी घटाउने उद्देश्यका साथ हरेक वर्ष एक महिनाभर पहिचान र उपचार अभियान सञ्चालन गर्ने निर्देशिका स्वीकृत गरेका हुन् ।

मन्त्री पौडेलले रोगको उपचार र निदानसँगै रोग लाग्न नदिन रोकथामका उपायहरू जनस्तरमा पुर्याउन गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकतामा घोषणा गरेका थिए ।

सोही अनुरूप हरेक वर्ष एक महिना रोकथामका लागि खर्चने गरी ‘समुदायमा नसर्ने रोगहरू ‘मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग, शरीरको उचाइ र तौलको अनुपात’ पहिचानका लागि एकमहिने अभियान सञ्चालन निर्देशिका २०८१’ स्वीकृत गरिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडाले पछिल्लो समय नसर्ने प्रकृतिका मिर्गौलामा समस्या, उच्च रक्तचाप, मधुमेहलगायत रोग प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिरहेको देखाएको छ । अस्वस्थ्य जीवनशैली, शारीरिक निष्क्रियतालगायत कारणले नसर्ने रोग बढ्दो क्रममा छ ।

“बिरामी भएपछि हुने उपचारका लागि हामीले ठूलो स्रोत साधन खर्चनु परिरहेको छ”, मन्त्री पौडेलले भने, “हामी अब उपचारसँगै समयमै रोग लाग्नबाट जोगिन रोकथामका अभियानमा पनि सँगसँगै लाग्नेछौँ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्