images
images
images

गैरआवासीय नेपाली संघ पोर्चुगलको अध्यक्षमा काफ्ले चयन

images

पूर्वाधार वाच, पोर्चुगल ।

गैरआवासीय नेपाली सघ ‘एनआरएनए’ पोर्चुगलको अध्यक्ष दीपा काफ्ले चयन भएकी छन् । उनले संघलाई आवाज विहीनहरुको आवाज बोल्ने र सुन्ने ठाउँको रुपमा स्थापित गर्ने बताइन् ।

राजधानी लिस्बोनको एन्जसमा आयोजित घोषणा कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष काफ्लेले पोर्चुगल आउने आम सर्वसाधारणहरुको हरेक दुख भोगाईसँग नजिकबाट परिचित रहेको बताउँदै आगामी दिनमा कुनै प्रकारको गुनासोमा पनि सहयोग गर्ने बताएकी छन् ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै संघका सस्थापक अध्यक्ष पुर्णबहादुर हमालले समाजमा छरपस्ट हुने गरि बदनामी र बेइज्जत सुन्न पनि अप्ठ्यारो भएकोले सस्थांमा हस्तक्षेप नै गर्नुपरेको बताए ।

विगतमा गरिएको सहमती कार्यान्वयन गर्नै आनाकानी गरेपछि अहिलेको अवस्था सृजना भएको उनको भनाई थियो । उनले आगामी दिनमा भुइ मान्छेहरुको समस्यामा डटेर लाग्न अध्यक्ष दीपा काफ्लेलाई सुझाएका थिए ।

कार्यक्रममा पूर्वअध्यक्षहरु लक्ष्मी प्रसाद सापकोटा, तिलक गैरे, रमेश गुरुङ्ग र रबिन क्षेत्री अधिकरीले पनि अब दीपा काफ्ले नेतृत्वको सघ नै आधिकारिक एनआरएनए भएकोले सघलाई जुन सुकै किसिमले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

गैरआवासीय नेपाली सघ पोर्चुगलका कार्यबाहक महासचिव दिपेस बिक्रम बिष्टले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सुजन लामाले स्वागत गरेका थिए ।

कार्यक्रममा स्याङ्जा समाज पोर्चुगलका अध्यक्ष बिपिन अर्याल, नवलपुर समाज पोर्चुगलका अध्यक्ष प्रेम बुढापृथी, राष्ट्रिय तामाङ्ग धेदुङ्ग संघ पोर्चुगलका अध्यक्ष इमान तामाङ्ग लगायतले संघले गर्ने हरेक रचनात्मक विषयमा ऐक्यबद्धता रहने बताउँदै शुभकामना मन्तव्य राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्