images
images
images

राष्ट्रपतिको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य

images

पूर्वाधार वाच, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति पौडेल आज बिहान अस्पताल भर्ना भएका थिए । उनको अवस्था सामान्य रहेको शिक्षण अस्पताल, महाराजगञ्जले जानकारी दिएकाे छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्