पूर्वाधार वाच, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा’ सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ।
सहकारीको रकम अपचनको आरोपमा हाल कास्की हिरासतमा रहेका लामिछानेलाइ पाँचौ जिल्लाबाट पक्राउ पुर्जी जारी भएको हो ।
वीरगञ्जको सानो पाइला सहकारीको रकम हिनामिना गरेको आरोपमा लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले जानकारी दिएका छन ।
सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको नियन्त्रणमा रहेका लामिछानेलाई हाल चितवनमा बयानमा लगिएको छ। जिल्ला सरकारी कार्यालय चितवनले उनको बयान लिइरहेको बेला पर्सा प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।
सहकारी ठगी प्रकरणमा काठमाडौंमा बयान सकिएपछि प्रहरीले उनलाई चितवन पुर्याएको हो, यसअघि उनले काठमाडौं, कास्की र रूपन्देहीमा बयान दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्