images
images
images

बीआरआई गिजोलेकाे भन्दै झलनाथ खनालको असन्तुष्टी

images

पूर्वाधार वाच, काठमाडौं ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीआरआईको फ्रेमवर्क गिजोलेकोमा असन्तुष्टी जाहेर गरेका छन । यद्दपी, बिआरआइ फ्रेमवर्कमा  हस्ताक्षर भएकोमा खुसी भने ब्यक्त गरेका छन् ।

चीनको एक साता लामो भ्रमण सकेर आज स्वदेश फर्केका नेकपा एकीकृत समाजवादीका सम्मानित नेतासमेत रहेका खनालले खुसी ब्यक्त गरेका हुन् ।

तर, केपी ओली नेतृत्वको सरकारले राम्रो सम्बन्ध बनाउन नसकेको भन्दै बिरआरआइ सम्झौताका लागि गरिएको आनाकानीमा भने उनले असन्तुष्टी जनाएका छन । उनी चीनसँग ऋण लिएर भए पनि बिआरआइ परियोजनामा सामेल हुनु पर्ने तर्क गर्दै आएका नेता हुन् ।

‘लामो प्रयासपछि बीआरआई सम्झौता भएको छ। आखिर सम्झौता गर्नैपर्ने थियो भने यत्रो नक्कली नाटक किन गर्नुपथ्यो रु छिमेकी देशहरुसँग जसले राम्रो सम्बन्ध बनाउँन सक्दैन। त्यसले अन्यसँग कसरी राम्रो सम्बन्ध बनाउँन सक्छ रु’ उनले भने, ‘यो त पहिले नै अध्ययन गरेर राम्रो होमवर्क गरेर गर्नुपर्ने काम थियो ।’

उनका अनुसार छिमेकीहरुसँग लापरवाहीतरिकाले प्रस्तुत हुनु हुदैँन । ‘तर, धेरै पटक घुमाउरो कुरा गरेर भएपनि सम्झौता भएको छ। यो चाहिँ खुसीको कुरा हो,’ उनले भने ।

चीनको गोन्जाओमा सम्पन्न भएको एक बिश्व सम्मेलनमा सहभागी हुन उनी गत शनिवार चीन प्रस्थान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्