पूर्वाधार वाच, काठमाडौं ।
काठमाडौं अनामनगरमा बांगोटिंगो दाँतको तार बाँधेर अर्थात् ब्रेसेस लगाउने र दाँतको सम्पूर्ण उपचारका लागि सिभिल ब्रेसेस एण्ड डेन्टल केयर सञ्चालनमा आएको छ ।
सिभिल ब्रेसेस एण्ड डेन्टल केयरको प्रतिनिधिसभाका सांसद चन्द्र प्रसाद भण्डारीको उपस्थितिमा उद्घाटन गरिएको हो ।
अर्थो डेन्टीस डा. सीता सापकोटा खरेलले बालबालिकादेखि बृद्धबृद्धासम्म सबैको लागि सम्पूर्ण दाँत सम्बन्धी उपचार हुने स्थानको रूपमा सिभिल ब्रेसेस एण्ड डेन्टल केयर सञ्चालनमा आएको बताइन् । दाँत सम्बन्धी समस्याको भरपर्दो विशेषज्ञबाट उपचार हुनेछ ।
सिभिल ब्रेसेस एण्ड डेन्टल केयरबाट गुणस्तरीय सेवासँगै उद्घाटनको अवसरसँगै आउँदो पुस २२ गतेसम्म ३० प्रतिशत छुट पाइने छ ।
दाँत उपचार हेर्दा सामान्य लागेपछि राम्रो स्थानमा उपचार नगर्दा समस्या आउने समस्या बढ्दै गएको अवस्थामा एमडिएस अध्ययन गर्नु भएकी डा. सापकोटाले आफै डेण्टल सञ्चालन गर्नु भएको हो ।
सिभिल ब्रेसेस एण्ड डेन्टल केयरको अहिले २५ लाख भन्दा धेरै लगानी भएको छ भने बिस्तारै काठमाडौका अन्य स्थानमा समेत शाखा खेल्ने डा. सापकोटाको योजना छ ।
बांगोटिंगो दाँतको तार बाँधेर अर्थात् ब्रेसेस लगाउने उपचारको लागि सिभिल ब्रेसेस एण्ड डेन्टल केयरमा उपचार हुनेछ ।
यस्तै दैनिक रूपमा दन्त रोग बिशेषज्ञ ‘बिडिएस, एमडिएस’बाट दन्त परीक्षण तथा उपचार, गिजा सुन्निएको, श्वास गन्हाउने, गिजाबाट रगत आउने, तथा दन्त हर्षको समेत उपचार हुनेछ ।
डेन्टल केयर दाँत सफा गर्न, टल्काउनेदेखि दाँतमा सिमेन्ट भर्ने र दुखेको दाँत तलैबाट निकाल्ने जस्ता सेवा तत्काल प्राप्त गर्न सकिने सञ्चालक डा।सापकोटाले बताइन् । डा. सापकोटा ब्रेसेस उपचारका लागि स्पेसलिस्ट समेत हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्